arrow

गण्डकीमा ३८२ जना कोरोना संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
Gandaki-corona-province.jpg

पोखरा । गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा १३३ सहित गण्डकी प्रदेशमा ३८२ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये १८२ जना महिला र २०० जना पुरुष छन् । जसमा पीसीआरबाट १५२ जना र एन्टीजेनबाट २३० जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरूमा गोरखाका १७, मनाङका दुई, मुस्ताङ एक, म्याग्दीका ३४, लमजुङका ६८, तनहुँका ५३, नवलपुरका नौ, स्याङ्जाका ३७, पर्वतका पाँच र बागलुङका २३ जना छन् ।

योसहित गण्डकीमा कूल संक्रमितको सङ्ख्या ९९ हजार ९६४ जना पुगेको छ । जसमा ९२ हजार ५७८ जना निको भएका छन् ।

गण्डकीमा हाल ५९ सय ४७ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ५८ सय ७७ जना होम आइसोलेसनमा रहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ