arrow

संक्रमणमुक्त हुने दोब्बर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
corona-sangita.PNG

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दर ३१.४ प्रतिशत देखिएको छ । पीसीआर परीक्षणमा मात्रै संक्रमण दर ३३.९ प्रतिशत देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा संक्रमित तीन हजार ६३७ संक्रमित पुष्टि भएको जानकारी दिइन् । 

यस्तै संक्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ पुगेको उनले बताइन् । हालसम्म आठ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा संक्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिइन् । हालसम्म ११ हजार ७६४ जनाको संक्रमणका कारणले निधन भएको छ । 

यस्तै ५०० भन्दाबढी संक्रमण भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । 

यस्तै २०० भन्दाबढी संक्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् । 

हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ । 

आज करिब आठ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ