arrow

स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
uml-sachibalaya.PNG

काठमाडौं ।  नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । आज बसेको एमाले  केन्द्रीय सचिवालयको बैठकले पार्टी पङ्क्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एमालेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । 

स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेश स्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसङ्गठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।

पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ