अर्जेन्टिनामा कोकिनले लियो ज्यान, कम्तीमा १६ को मृत्यु ५० बढी गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
1.2k
Shares
काठमाडौं । अर्जेन्टिना कोकिनको शिकारमा परेको छ । राजधानी ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाइएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ५० बढी गम्भीर बिरामी परेका छन् ।
लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य पदार्थ मिसाएका हुन् वा नियतवश विषाक्त पदार्थ मिसाएका हुन् भन्नेबारे छानविन भइरहेको प्रहरीलाई उधृत गर्दैै बीबीसीले लेखेको छ ।
क्षेत्रीय सुरक्षा मन्त्रीले पछिल्लो २४ घण्टामा कुनै पनि कोकिन प्रयोगकर्ताले कोकिन किनेको भए उनीहरु सबैलाई खोजिरहेको बताएका छत् ।
प्रहरीले विषाक्त कोकिन कारोबारको शंकामा ब्युनस आयर्सको स्यान्टिटाउन क्षेत्रबाट ९ जनालाई पक्राउ गरेको छ ।
मृतकको पोष्ट मार्टम रिपोर्ट आउन बाँकी छ । उक्त रिपोर्ट आएपछि थप अनुसन्धान गर्न सजिलो हुने प्रहरीले जनाएको छ ।