arrow

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ बनाउन रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्सन’ प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
Announcement Post.jpg

काठमाडौं । लक्ष्मी बैंकले आउँदो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् । 

यो प्रतियोगिता लक्ष्मी बैंकको पाँच मूलमान्यताहरुमा आधारित रहेको बैंकले बताएको छ । रिलेशनशिप, एक्सप्लोअर्स, टिमवर्क,  रेस्पोन्सिबल र प्रोग्रेसिभ जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकको दाबी छ । 

सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बताइएको छ । यस विषयमा थप जानकारीका लागी यहाँ क्लिक गर्नुहोस्ः 

सो प्रतियोगिता लक्ष्मी बैंकको क्राउड सोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले सन् २०१८ मा  माइ कार्ड आइडियाज र २०२० मा माइ मोबाइल मनी भिडियो कन्टेस्टमा उत्साहजनक सफलता पाइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ