arrow

गण्डकीमा एक लाख नाघे कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या एक लाख नाघेको छ । आज २९० जना कोरोना संक्रमित तपिएसँगै गण्डकीमा संक्रमितको सङ्ख्या एक लाख २५४ जना पुगेको हो । 

गण्डकीमा आज पीसीआरबाट २४१ र एजेन्ट परीक्षणबाट ४९ जना गरी २९० जना संक्रमित गण्डकीमा भेटिएका हुन् । जसमा महिला १३५ र पुरुष १५५ जना संक्रमित पुष्टि भएका हुन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा १७९ जना संक्रमित भेटिए ।

यस्तै, गोरखामा एक, मनाङमा एक, मुस्ताङमा नौ, म्याग्दीमा १५, लमजुङमा १७, तनहुँमा १४, नवलपुरमा चार, स्याङ्जामा २६, पर्वतमा र बागलुङ १९ जना संक्रमित भेटिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा आज ९४९ जना संक्रमित निको भएका छन् । गण्डकीमा हाल ५२ सय ८७ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ