arrow

६३,२९६ सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
corona-covid-delta-plus.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ हजार ७ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा १२ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो । यद्यपि, यसमा ईमेल र एसएमएसबाट प्राप्त आरडीटी एन्टीजेन परीक्षणको तथ्यांकसमेत समेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड १९ विरुद्धको २ लाख ६६ हजार ५ सय ४० डोज खोप लागेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ पुगेको छ ।



नयाँ