arrow

आङ साङ सुकीमाथि भ्रष्टाचारकाे अर्को मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
aung-san-suki1.jpg

काठमाडौं । म्यानमारको सैनिक सरकारले सत्ताच्युत नेतृ आङ साङ सुकीविरुद्ध एघारौं भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

नोबेल पुरस्कार विजेता सुकीविरुद्ध यसअघि विभिन्न अभियोगहरूमा १५० वर्ष जेल सजाय तोकिएको छ । सुकीमाथिको यो नयाँ मुद्दा बिहीबार घोषणा गरिएको हो ।

म्यानमारमा सेनाले उत्तरपश्चिमी सागिङ क्षेत्रको नागरिक बस्तीमा आक्रमण गर्दै ४ सय घर जलाएर मानिसहरूलाई भाग्न बाध्य पारेका बेला सुकीमाथि अर्को सजायका लागि मुद्दा अघि लगाइएको हो ।

सुकीले आफ्ना आमाको नाममा रहेको दातृ संस्थाका लागि ५ लाख ५० हजार अमेरिकी डलर अनुदान स्वीकार गरेको आरोपमा प्रहरीले उनी विरुद्ध मुद्दा हालेको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा सुकीमाथिको यो नयाँ आरोपमा अदालती प्रक्रिया कहिले अघि बढ्छ भन्ने कुरा खुलाइएको छैन । गत वर्षको फेब्रुअरी १ मा सेनाले कु गरेदेखि नै ७६ वर्षीय सुकीलाई नजरबन्दमा राखिएको छ भने, हालसम्म १५ सय बढी नागरिक मारिएका छन् ।

सुकीमाथि कोभिड१९ सम्बन्धी नियम मिचेको आरोप, दूरसञ्चार कानुन मिचेको,  भ्रष्टाचार र गोप्य सूचना लिक गरेको लगायतका थुप्रै आरोप लगाएर जेल सजाय सुनाइएको छ । उनीमाथि लागेका यी मुद्दाहरू लडिरहेका बेलासम्मका लागि उनलाई घरमै नजरबन्दमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ