arrow

कोरोना संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका वडा नं. ७ का ७२ वर्षीय पुरुष छन् ।

गत पुस २४ गते कोरोना संक्रमित उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशालयका अनुसार योसहित स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ र गण्डकीमा १४ सय ४१ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ