arrow

उपत्यकामा संक्रमित हजार कम थपिए, संक्रमण दर २३ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
corona-trend.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा धेरै दिनपछि नयाँ थपिने संक्रमितको संख्या हजार भन्दा मुनी झरेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाठौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० गरेर ७४५ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा कोभिड१९को संक्रमण दर समेत समग्रमा २२.८ प्रतिशत देखिएको छ । यद्यपि, पीसीआर मात्रैको तथ्यांक हेर्दा संक्रमण दर २४.१ र एन्टीजेन मात्रैको हेर्दा २०.९ प्रतिशत देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोभिड१९ संक्रमितको मृत्यु भएको छ । यसअवधिमा २ हजार ५ सय २६ नयाँ संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २५ संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमुना परीक्षण गरिएको थियो ।

हाल सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख १३ हजार ५१ जनाले कोभिड१९विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



नयाँ