arrow
ADVERTISEMENT

केही घट्यो संक्रमण : १५ जिल्लामा पाँच सय बढी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
corona-nepal-update-1620371793.jpg
फाइल तस्बिर

काठमाडौं ।  पछिल्लो समय कोभिड-१९ को संक्रमण केही कम भएको छ । गत हप्ता देशभरका २० जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकामा आजसम्ममा घटेर १५ जिल्लामा सीमित रहेको छ । हाल देशभरका १५ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका १५ जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । 

दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लाहरूमा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सलार्ही, धादिङ, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १६ हजार तीन, ललितपुर नौ हजार ३५१ र भक्तपुरमा तीन हजार ८२९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमुना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आठ हजार ४२५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८६८ पुगेको छ । निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४७० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७८९ पुगेको छ । कूलमा संक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या ५६ हजार ४५७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८८ दशमलव दुई रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २४३ रहेको छ । होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३६७ र क्वारेनटिनमा १३३ जना रहेका छन् । 
 
कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख १३ हजार ५१ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ