arrow

अनसनरत नेविसंघ नेताहरूको अवस्था अत्यन्त गम्भीर, अक्सिजन दिएर होस खुलाउने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७३ साउन २१ शुक्रबार
NSU-hungger-strike.jpg.jpeg
काठमाडौं। नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै आमरण अनसनमा बसेका दुई विद्यार्थी नेता फेरि बेहोस भएका छन्। मध्यान्ह साढे १२ बजेतिर दुबै अनसनकारी बेहोस भएपछि चिकित्सकको टोली ल्याएर उपचारको प्रयास भईरहेको नेविसंघ नेता डिल्लीराम सुवेदीले जानकारी दिए। 
 
उनले दिएको जानकारी अनुसार उनीहरू दुबैको अवस्था अत्यन्तै गम्भीर रहेको छ। उनीहरूलाई अहिले अक्सिजन दिएर होसमा ल्याउने तयारी भईरहेको पनि नेता सुवेदीले जानकारी दिए।
 
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले डा. केदारनरसिंह केसीको नेतृत्वमा स्टार अस्पतालका तीन जना डाक्टरहरूको टोली अहिले पार्टी कार्यालय सानेपामा पुगेर उपचार सुरू गरिसकेका छन्।
 
स्टार हस्पिटलबाट चिकित्सक बोलाएर प्रारम्भिक उपचार सुरू गरिएको नेविसंघ नेता डिल्लीराम सुवेदीले जानकारी दिए। अनसनकारीहरूको स्वास्थ्य गम्भीर रहेको कारण उनीहरूलाई अस्पताल नै जानुपर्ने भनिएपनि अनसनकारीले आफू बरु मर्ने तर अस्पताल नजाने जिद्दी गरेको कारणले उनीहरूलाई अस्पताल लैजान नसकेको पनि सवेदीले जानकारी दिए। 
 
नेविसंघको विधिवत महाधिवेशनको माग गर्दै नेविसंघ पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसंघ रामेछापका नेता रत्न ढुङ्गेल दुई सात अघिको शनिबारदेखि आमरण अनसनमा बसेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ