arrow

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
beijing-olympics-2022-213.jpg

काठमाडौं । चीनको बेइजिङमा जारी बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण पदक नर्वेले जितेको छ । थेरेसे जोहाउगले नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।

जोहाउगले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्किइङमा स्वर्ण जितेकी हुन् । उनले ४४ मिनेट १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिइन् ।

रुसकी नाटालिया नेपर्याइभाले ४४ मिनेट ४३.९ सेकेन्डमा रजत पदक तथा अष्ट्रियाकी टेरेसा स्टाड्लोबरले ४४ मिनेट ४४.२ सेकेन्डमा सकाएर कास्य पदक हात पारिन् ।

यस्तो छ पछिल्लो पदक तालिका–
नर्वे २ स्वर्णपदकसहित शीर्ष, नेदरल्याण्ड्स १ स्वर्णपदकसहित दोस्रो, चीन १ रजतसहित तेस्रो, फ्रान्स १ रजतसहित चौथो तथा इटाली पनि एक रजतसहित चौथो स्थानमा छ । अष्ट्रिया र क्यानडाले समान १–१ कास्य जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ