- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३१६, भक्तपुरका ४३ र ललितपुरका १०४ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण दर २०.१ प्रतिशत देखिएको छ । पीसीआर मात्रैमा २१.१ र एन्टीजेन परीक्षणको मात्रै तथ्यांक हेर्दा संक्रमण दर १८.६ प्रतिशत देखिएको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जना कोभिड१९को संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६ हजार ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० मात्रा खोप लागेको छ । योसँगै हालसम्म नेपालमा ३ करोड ३८ लाख २६ हजार ३ सय ३ डोज खोप लागेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ ।