arrow

कोरोना संक्रमणबाट गण्डकीमा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २२ शनिबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट बागलुङका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १४ की ८२ वर्षकी महिला रहेकी छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार माघ ८ गते संक्रमित भएकी उनको उपचारका क्रममा माघ १७ गते पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसहित बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । यसैगरी नवलपुरको कावासोती-५ की एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

उनको उपचारका क्रममा चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको बताइएको छ । 

योसहित नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ जना पुगेको छ भने गण्डकीमा १४ सय ४३ जना पुगेको छ । 

गण्डकीमा पछिल्लो २४ घण्टामा १२३ जना संक्रमित थपिएर कूल संक्रमितको संख्या एक लाख ६१५ जना पुगेको छ ।

गण्डकीमा आज ७९० जना निको भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ