arrow
ADVERTISEMENT

नेपालले एमसीसीबारे फागुन १६ गतेभित्र निर्णय गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
mcc.jpg

काठमाडौं । फेब्रुअरी २८ (फागुन १६ गते) भित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको निर्णय गर्न  बिहीबार एमसीसीले नेपाललाई प्रत्रचार गरेको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  एमसीसीले फेब्रुअरी २८ भित्र निर्णय गर्न भनी पत्र पठाएको हो  । 

एमसीसी सम्झौता सांसदबाट अनुमोदन नगरे मार्चको बैठकमा छलफल गरि सम्झौतालाई निरन्तरता नदिनेबारे निर्णय लिने एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले पत्रमा उल्लेख गरेका छन् ।  
 
यस्तो निर्णयले नेपालसँगको एमसीसीको सहकार्य अन्त्य हुने एमसीसीले जनाएको छ । साथै नेपालले ५०० मिलियन डलरको अनुदान गुमाउनेछ ।

यसअघि देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेख्दै सांसदबाट पास गर्ने समयको माग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ