arrow

कोरोनाबाट स्याङ्जामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना संक्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. १२ का ७६ वर्षीय पुरुष रहेका छन् ।

माघ १४ गते कोरोना संक्रमितको उनको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा आज बिहान ११ः३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ सय ४४ जना पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकीमा आज ७१७ जना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ