arrow
ADVERTISEMENT

सोमबारबाटै जोरविजोर हटाउने तयारी, फागुन १ गतेदेखि स्कुल र क्लब पनि खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
ccmcc.jpg

काठमाडौं। कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले कोरोना भाइरसको संक्रमण कोभिड१९को महामारी घट्दै गएको भन्दै जोरविजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

पछिल्लो केही दिनयता दैनिक नयाँ थपिने संक्रमितको संख्या घट्दै गएको छ । यसबीच आइतबार बसेको सीसीएमसीसीको बैठकले जोरविजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

यसका लागि आज नै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको र सम्भवत भोलिदेखि नै जोरविजोर प्रणाली हटाउने गरी निर्णय हुने भएको छ ।

यस्तै सीसीएमसीसीले फागुन १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीहरुको हकमा विद्यालय एवं शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा खुलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

१२ वर्षमुनिका विद्यार्थीहरुको हकमा भने स्वास्थ्य मापदण्डको पालना गर्दै आलोपालो गरेर पढाइ सञ्चालन गर्न सिफारिस गरिएको छ ।

यस्तै फागुन १ गतेदेखि रात्रिकालिन व्यावसायहरु क्लब, डान्सबार, नाँचघरहरु राति १० बजेसम्म खोल्न मिल्ने गरी सञ्चालनमा ल्याउन समेत सीसीएमसीसीले सिफारिस गरेको छ ।

फिल्म हल, जीम हललगायतका व्यावसाय पनि सञ्चालन गर्न दिनका लागि पनि सीसीएमसीसीले सिफरिस गरेको छ । सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले, 'अहिले संक्रमण घट्दै गएका कारण केही खुकुलो बनाउने गरी सिफारिस गरिएको' हाम्रा कुरालाई बताइन् ।

यस्तै 'संक्रमण बढ्दै गएमा फेरि कडाइ गर्ने निर्णय गर्ने र संक्रमण घटेमा यी कडाइ पनि थप खुकुलो बनाउने गरी निर्णय गरिने', प्रवक्ता नेपालले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ