arrow

संक्रमण दर १५ प्रतिशतमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
corona-daily-trend.PNG

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर १५ प्रतिशत देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणको तथ्यांक हेर्ने हो भने, संक्रमण दर १८.४ प्रतिशत, एन्टीजेन परीक्षणमा ७.२ र समग्रमा १५.० प्रतिशत देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ५ सय ६६ नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ४१०, भक्तपुरका ३२ र ललितपुरका १२४ रहेका छन् ।

छिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण कोभिड१९ बाट संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यस अवधिमा थप १,३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअवधिमा देशभरबाट ८ हजार ७ सय ४ जना कोभिड१९को संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ५१ जनाको नमुना परीक्षण गरिएको थियो ।

हाल सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ पुगेको छ ।



नयाँ