arrow
ADVERTISEMENT

सभामुखलाई संसदमा एमसीसी टेबुल गर्न कानून मन्त्री बडूको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २३ आइतबार
agni-badhu.jpg

काठमाडौं । कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।

एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ