काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आइबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्रीले भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन राजदूतको ध्यानाकर्षण गराएका छन् ।
राजदूतसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले छलफल सकारात्मक भएको बताए ।