arrow

उत्तरपूर्वी भारतमा बन्दुकधारीको आक्रमण १४ मारिए

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
assam88_1470393657.jpg.jpeg
गुवाहाटी । उत्तरपूर्वी भारतको एक व्यस्त बजारमा शुक्रबार बन्दुकधारीहरुले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आतङ्ककारी आक्रमणमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । 
 
असामको दुर्गममा भाग अर्थात भुटानको सीमा क्षेत्रमा यो दुर्घटना भएको बताइएको छ । असामको कोकाराझार बजार इलाकामा भएको यस आक्रमणमा परी बालबालिकासहित १५ व्यक्ति घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । 
 
अतिवादीहरुको आक्रमणमा परी निहत्था करिब १४ नागरिक मारिएका असाम राज्यका प्रहरी निर्देशक जनरल मुकेश सहाएले बताएका छन् । सुरक्षाबलको कारबाहीमा एक व्यक्ति मारिएको पनि सहाएले बताए  । यस आतङ्ककारी आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन । 
 
असामको प्रमुख सहर गुवाहाटीबाट २२० किलोमिटर पश्चिममा रहेको इलाकामा यो आक्रमण भएको बताइएको छ । आक्रमणका क्रममा आतङ्ककारीहरुले ग्रिनेडले समेत आक्रमण गरेका बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ