arrow

चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जनाको सकुशल उद्धार  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
Chandragiri_Nagarpalika-1620696183.png

काठमाडौं । चन्द्रागिरीमा हिउँ खेलेर फर्किंदा हराएका पाँच जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ । चन्द्रागिरी डाँडामा आइतबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीय सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो । 

आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ खोजीमा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट संयुक्त प्रहरीको टोली खटिएको थियो । 

लगातार ५ घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार  गरिएको हो । 

उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ