arrow

कोरोना संक्रमणबाट पोखराका दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । जसमा पोखरा महानगरपालिका वडा नं. १५ की ५३ वर्षकी महिला रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार निमोनियाबाट पीडित ती महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा ३ का ९४ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

माघ १५ गते कोरोना पुष्टि भएका उनको आइतबार बिहान ८ः१० बजे मृत्यु भएको हो । उनमा पनि निमोनियाको समस्या रहेको थियो । 

योसहित कास्कीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३३ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ