arrow

कोरोना संक्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा विरुवा गाउँपालिका वडा नं. ८ का ८० वर्षका पुरुष रहेका छन् ।

उनको उपचारका क्रममा शनिबार बिहान १०ः१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७८ जना पुगेको छ । 

स्याङ्जामा ८९ सय ७५ जना संक्रमित भेटिएकामा ८४ सय ६१ ज्ना निको भएका छन् भने हाल ३३६ जना सक्रिय संक्रमित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ