arrow

बलुच लडाकुको आक्रमणमा सय पाकिस्तानी सेना मारिएको दाबी

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ २४ सोमबार
pakistan-farmer.jpg
फाइल तस्बिर

काठमाडौँ। बलुचिस्तान लडाकुले बिहीबार सय पाकिस्तानी सैनिक मारेको दाबी गरेका छन्। बलुच लिबरेसन आर्मी (बीएलए) ले विज्ञप्ति जारी गरी आक्रमणमा सेनाका दुई वटा मोर्चा ध्वस्त भएको बताएको छ। बलुच विद्रोहीहरूले सेनामाथि आक्रमण गरेपछि सरकारले बलुचिस्तानलगायत धेरै क्षेत्रमा इन्टरनेट बन्द गरेको दाबी गरेका छन्।

मिडिया रिपोर्टका अनुसार बीएलए लडाकुहरूले बिहीबार बिहान नुस्की र पञ्जगुरको सेनाको शिविरमा आक्रमण गरेका थिए। यस हमलामा दुवै सैनिक शिविर ध्वस्त भएका छन्। आक्रमणपछि आसपासका क्षेत्रमा त्रासको वातावरण छ। सेनाको टोलीले सम्पूर्ण क्षेत्रमा नाकाबन्दी गरेको छ।

यसैबीच, हमलापछि पाकिस्तानी सेनाले एक विज्ञप्ति पनि जारी गरेको छ। दुवै ठाउँमा भएको आक्रमणमा सात सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको टोलीले सम्पूर्ण क्षेत्रमा खोजी अभियान चलाएको छ। घाइते सैनिकहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

पाकिस्तानी सेनामा भएको आक्रमणपछि बीएलएले आफ्ना लडाकुको सूची सार्वजनिक गरेको छ। बीएलएले यो कारबाही ९ विद्रोहीले गरेको दाबी गरेको छ। अर्कोतर्फ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गर्दै घटनाको निन्दा गरेका छन्। मिडिया रिपोर्टका अनुसार बीएलए लडाकुहरूले बिहीबार बिहान नुस्की र पञ्जगुरको सेनाको शिविरमा आक्रमण गरेका थिए।

बीएलए विद्रोहीहरूले पहिले पञ्जगुर शिविर बाहिर विस्फोट गराए र त्यसपछि भित्र पसे र गोली चलाए। नुस्कीमा पनि यस्तै आक्रमण भएको थियो। पाकिस्तानी सेनाको काउन्टर फायरमा करिब १३ लडाकुको पनि मृत्यु भएको बताइएको छ।

बलुच लिबरेशन आर्मी १९७० को दशकमा गठन भएको थियो। जबकि माजिद ब्रिगेड २०११ मा अस्तित्वमा आएको थियो। कराँची स्टक एक्सचेन्ज र ग्वादर आक्रमणमा पनि माजिद ब्रिगेडको नाम आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ