arrow

स्याङ्गजाका एक युवक पोखरामा मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
death-1618215084.jpg

पोखरा । स्याङ्जाका एक युवक पोखरामा मृत अवस्थामा भेटिएका छन् । स्याङ्गजाको पुतलीबजार नगरपालिका नं. ५ का १७ वर्षीय विशाल भुजेल मृत अवस्थामा भेटिएका हुन् ।

उनी हाल पोखरा महानगरपालिका वडा नं. २१ दम्सादीस्थित टेन्ट टाँगेर बस्दै आएका थिए । प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार भुजेल सोमबार बिहान १० बजेको समयमा फुस्रेखोला किनार नजिकैको चौरमा रहेको टेन्टभित्र मृत अवस्थामा फेला परेका थिए । 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ