arrow

नर्भिकले मुख्य भवनमा कोरोना संक्रमितको उपचार नगर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
norvic-hospital.jpg

काठमाडौं । कोरोना सङ्क्रमितको सङ्ख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ । 

कोभिडको सङ्क्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना सङ्क्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो। 

तर, सङ्क्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रूपमा नन कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए। कोभिड क्रिटिकल युनिट १५ शय्याको छ । 

उनका अनुसार अब नर्भिकले कोभिड सङ्क्रमितहरूको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ । 

नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलो पटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो। सो सेवा समेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए । 

उनकाअनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झैँ उपचार सेवा प्रवाह हुनेछ । सर्वसाधारणले ढुक्क भएर पहिलाको झैँ विश्व स्तरीय स्वास्थ्य सेवा लिन सक्ने उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ