arrow

गण्डकी प्रदेशका नागरिकलाई अब नि:शुल्क रगत

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ माघ २५ मंगलबार
blood.jpg

नवलपुर । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने भएको छ । सोमबार बसेको प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशका सबै नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए।

मन्त्री परिषदको बैठकले रगत तथा रगतजन्य सेवा नि:शुल्क व्यवस्थापन कार्यविधी -२०७८ स्वीकृत गरे सँगै प्रदेशका नागरिकले नि:शुल्क रगत पाउने भएका हुन ।

यस अघि प्रदेश सरकारले गत मंसिर ८ गते स्वास्थ्य नीति सार्वजनिक गरेको थियो । सोहि नितिमा आधारित रहेर नि:शुल्क रगत उपलब्ध गराउने गरि कार्यविधी तयार गरेर मन्त्री परिषदले निर्णय गरेको कोईरालाले बताए ।

प्रदेश भित्रका सबै नागरिक र प्रदेश भित्र अस्थायी बसोबास गर्ने अन्य प्रदेशका नागरिकलाई समेत नि:शुल्क रगत उपलब्ध गराउने गरि प्रदेशको स्वास्थ्य मन्त्रालयले काम अगाडी बढाएको छ । नि:शुल्क रगत उपलब्ध गराउनका लागी नेपाल रेडक्रस सोसाइटी सँग सम्झौता गरिने त्यसका लागि स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ