arrow

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा (विज्ञप्तिसहित)

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ माघ २५ मंगलबार
kamal-thapa-rpp4343.JPG

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् ।

हिजो मात्र थापाले चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफू पक्षको छुट्टै भेला बसेका थिए । सोही भेलापछि राप्रपाका पूर्व अध्यक्ष थापाले पार्टी परित्याग गर्ने धारणा बनाएका हुन् । 

राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुई पटक पत्र लेखिसकेका छन् ।  महाधिवेशनका बेलामा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको दाबीसहित थापा राजसंस्थाको विरुद्धमा उत्रिएका छन् । 

पहिले थापा आफै राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै हिँडेका थिए ।  तर आफ्नो स्वार्थका लागि राजसंस्थालाई प्रयोग मात्र गरेपछि उनी यो अवस्थामा पुगेका हुन् । 

उनले अत्यन्त भारी मन तथा पिडावोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् । '३१ वर्ष राप्रपामा रहँदा बिताएका क्षणहरू प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।' विज्ञप्तिमा उल्लेख छ । 

यस्तो छ उनको विज्ञप्ति ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ