arrow

सात हजार नौ सय शरणार्थी कङ्गोमा

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
refugeecango.jpg.jpeg
किन्सासा। दक्षिण सुडानमा शरणार्थी जीवन यापन गरिरहेका कम्तीमा सात हजार नौ सय शरणार्थी कङ्गो पुगेका स्थानीय अधिकारी हालै जानकारी दिएका छन् । 
 
दक्षिणी सुडानमा जारी झडपका कारण ती शरणार्थीहरु गत दुई हप्तायता त्यहाँबाट विस्थापित भएर कङ्गो पुगेका अधिकारीले जनाएका छन् । 
 
सो स्रोतका अनुसार विस्थापित भएका ती शरणार्थी जुबा, मोरोबु र येइ क्षेत्रका रहेका र त्यसमा महिला बालबालिका र बृद्धहरुको सङ्ख्या बढी रहेका थिए । 
 
यसैगरी दक्षिण सुडानमा शरणार्थीको जीवन बिताइरहेका करिब दुई लाख ५० हजार आप्रवासी शरणार्थी पछिल्ला झडपका घटनाबाट असुरक्षित बनेका छन् । ती शरणार्थीलाई सुरक्षाका लागि पहल गर्न राष्ट्रसङ्घलाई अनुरोध गर्दै आएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हालै सार्वजनिक गरेको छ । 
 
दक्षिण सुडानमा दुई प्रतिस्पर्धी सैन्य समूहबीचको केही हप्ता अघिबाट सुरु भएको झडपको कारण करिब ६० हजार व्यक्ति विस्थापित भइसकेका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले हालै सार्वजनिक गरेको छ । 
 
विस्थापितमध्ये ठूलो सङ्ख्या अर्थात ५२ हजार सुडानी नागरिक युगान्डामा शरण लिन पुगेका बताइएको छ । त्यसैगरी केही शरणार्थी केन्या पुगेका राष्ट्रसङ्घद्वारा गत मङ्गलबार जारी एक विज्ञप्तिमा जनाइएको थियो । 
 
विश्वको नै कान्छो देश दक्षिणी सुडानमा सन् २०१३ मा सुरु भएको गृहयुद्धका कारण करिब नौँ लाख दक्षिण सुडानी नागरिकहरु देश छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । सुडानमा सन् २०१३ को तथ्याङ्कअनुसार जम्मा एक करोड १० लाख जनसङ्ख्या रहेको थियो । 
 
सुडानमा व्याप्त द्वन्द्व अन्त्यका लागि भन्दै द्वन्द्वरत पक्षबीच सन् २०१५ मा युद्धबिराम गरी शान्ति वार्ता सुरु गरिएको भए पनि पटक–पटक द्वन्द्वरत पक्षबीच असमझदारी देखिँदा झडपका घटना भइरहेको पाइन्छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ