arrow

उपत्यकामा थपिए ४५१ संक्रमित, बढ्यो संक्रमण दर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
lockdown-ktm-traffice.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३३८, भक्तपुरका ४३ र ललितपुरका ७० जना रहेका छन् ।

देशभर यसअवधिमा १ हजार ९ सय ५७ नयाँ संक्रमित थपिएका छन् । कोभिड१९को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

१२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा संक्रमण दर १५.४२ प्रतिशत देखिएको छ । पीसीआर परीक्षणको मात्रै नतिजा हेर्ने हो भने, संक्रमण दर १८.८ प्रतिशत देखिएको छ । एन्टीजेन मात्रैमा संक्रमण दर १३.८ प्रतिशत रहेको छ ।

हिजोको तुलनामा संक्रमण दर आज बढेको छ । हिजो समग्र संकमण दर १३.८ प्रतिशत रहेकोमा आज १५.४ प्रतिशत पुगेको छ । हिजो पीसीआर मात्रैको १५.७ र एन्टीजेन मात्रैको संक्रमण दर १३.० प्रतिशत रहेको थियो ।

पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ रहेको छ ।



नयाँ