arrow

संक्रमणबाट गण्डकीमा थप चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३ जना पुरुष र एक जना महिला छन् । उनीहरू सबैको पोखरामा मृत्यु भएको हो । 

मृत्यु हुनेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. ७ की ६० वर्षकी महिला रहेकी छन् । माघ २९ गते कोरोना संक्रमित उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसै गरी पर्वत कुश्मा नगरपालिका वडा नंं. २ का ७० वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । माघ २१ गते कोरोना संक्रमित भएका उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको बताइन्छ ।

कोरोना संक्रमणबाटै मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका वडा नं. ५ का ९० वर्षका पुरुष छन् । सोमबार कोरोना संक्रमित उनको उपचारका क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको हो । 

यस्तै, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ का ६४ वर्षका पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । माघ १७ गते कोरोना संक्रमित उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ सय ५२ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १४८ जना संक्रमित थपिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ