arrow

जीपीएससहितको एम्बुलेन्स सञ्चालनमा ल्याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
ambulance10.png

पोखरा ।गण्डकी प्रदेशमा जीपीएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ ।  प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो । 

यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको  जनाइएको छ । रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जीपीएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पुर्‍याउने उद्देश्य राखिएको छ । 

प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन् । यस वर्ष १५० एम्बुलेन्समा जीपीएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ । 

यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु ३८ लाख र नेपाल रेडक्रसले करिब रु ६२ लाख खर्च गर्नेछन् । 

एउटा एम्बुलेन्समा जीपीएस जडान गर्न करिब रु १२ हजार  र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ । यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जीपीएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ ।

रेडक्रसका ११ जिल्ला शाखा र उपशाखामा गरी २५ एम्बुलेन्स सञ्चालनमा छन् यस कार्यक्रम अन्तर्गत ‘ग’ वर्गका एम्बुलेन्सलाईस्तर उन्नती गरी ‘ख’ वर्गमा लगिने छ । एम्बुलेन्स चालकलाई प्राथमिक उपचारसहित पूर्व अस्पताल सेवा सम्बन्धी तीन दिन तालिम प्रदान गरिने छ भने प्रेषण केन्द्रका कर्मचारीलाई ६ दिनको तालिम दिइनेछ ।

 त्यसैगरी प्रत्येक जिल्लामा एक–एक दिनको अभिमुखिकरण तालिम सञ्चालन हुनेछ । प्रदेशभरिको लागि एम्बुलेन्सको लागि १०२ नम्बरमा सञ्चालनमा ल्याइएको छ  ।  ‘डिस्प्याच सेन्टर’स्वास्थ्य निर्देशनालयमा राखी सञ्चालन गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ