arrow
ADVERTISEMENT

सोमबारको तुलनामा बढ्यो कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । सोमबारको तुलनामा मङ्गलवार कोरोना संक्रमण बढेको छ ।  मुलुकभर पछिल्लो २४ घण्टामा थप एक हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमुनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको आठ हजार ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ९९ हजार ४८१  पुगेको छ । मुलुकमा कुलमा संक्रमण दर १८ दशमलव तीन प्रतिशत रहेको छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ३४९ रहेको छ । मुलुकभर हाल सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार १८१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८९ दशमलव सात रहेको मन्त्रालयले जनाएको छ । 

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या ३८ र आइसियुमा २५६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा ३४ हजार ९८३, संस्थागत आइसोलेसनमा एक हजार १९८ र क्वारेनटिनमा १३३ जना रहेका छन् । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलान्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली रहेका छन् । 

दुई सयभन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य संक्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको जनाइएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा आठ हजार ९४२, ललितपुर पाँच हजार २८३ र भक्तपुरमा दुई हजार ६०४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ