arrow

मधेस प्रदेशले पायो तीनवटै विषयगत समिति सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
madhes-pradesh.jpg

जनकपुर । लामो समयदेखि रिक्त मधेस प्रदेशसभा अन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ । निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । 

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीसाह सुडीले उम्मेदवारी दर्ता गराएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ