arrow

यूएईमा अलपत्र युवाहरुको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
Tanahun uddar.jpg

पोखरा । यूएईमा अलपत्र परेका तनहुँका दुई युवालाई उद्धार गरिएको छ । उनीहरु वैदेशिक रोजगारको शिलशिलामा यूएई पुगेर अलपत्र परेका थिए । 

तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाटलाई उद्धार गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा ट्रिपलस्टार म्यानपावरले उनीहरुको उद्धार गरेको हो ।

तनहुँका राजीव र ज्ञानेन्द्रसहित गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायू सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाईलाई उद्धार गरिएको बताइएको छ ।

श्रममन्त्री श्रेष्ठले ती युवाहरुलाई तत्काल उद्धार गर्न चेतावनी दिएपछि पठाउने म्यानपावर कम्पनीले नै सोमबार आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ