arrow

पोखरामा एनालग मलको आउटलेट सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
Analogue Mall Pokhara.jpg

पोखरा । पोखरामा एनालग मलले आउटलेट खोलेको छ । पोखराको न्यूरोडमा एक करोड लगानीमा मलको आउटलेट संचालनमा आएको हो । 

मिस नेपाल इन्टरनेशल शुभेक्षा खड्का र चर्चित -यापर बलेन शाहले संयुक्तरुपमा सो मलको शुभारम्भ गरे । मलमा एप्पल ब्रान्डसहित विभिन्न कम्पनीका एसिसरिज, कम्प्युटर एण्ड पेरिफेरल्स् उपलब्ध छन् । 

रियलमी, एमआई, एन्कर, नार्जो, पोको लगायत कम्पनीका सामानहरु पाइने एनालग मलकी विजनेश डेभलपमेन्ट हेड सविना काफ्लेले बताइन् । 

मलमा विशेषगरी आइफोन, ल्यापटप, मोबाइल, गोप्रो, केवल्स, ड्रोन एण्ड एक्सन क्याम्स, हेडफोन, घडी लगायतका सामाग्री उपलब्ध हुने उनले बताइन् । 



नयाँ