arrow

कोरोना महामारीः गण्डकीमा ४ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
Corona-death-covid-nepal.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । पोखरा महानगरपालिका वडा नं. २१ की ७७ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

माघ १९ गते कोरोना संक्रमित भएकी उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यसैगरी पोखरा महानगरपालिका वडा नं. १७ का ७२ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

माघ १४ गते कोरोना संक्रमित उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ६ का ५६ वर्षका पुरुष र पर्वतको मोदी गाउँपालिका वडा नं. ५ की ३५ वर्षकी महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

उनीहरु दुवैको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या १४ सय ५६ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १५६ जना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ