arrow

संक्रमण दर बढ्दो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
corona-nepal-map-1618301420.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुने आँकलन भइरहँदा कही दिनदेखि फेरि बढ्न थालेको छ । सोमबारको तुलनामा मंगलबार र मंगलबारको तुलनामा बुधबार संक्रमण दर बढेको हो । बुधबार कुल संक्रमितमा १४.६८ प्रतिशत र पीसीआर परीक्षणमा
१५.९६ प्रतिशत संक्रमण दर देखिएको छ । मंगलबार यो दर १५.४२ रहेको थियो । 

त्यसैगरी संक्रमित पनि सोमबारको तुलनामा मंगबार र मंगलबारको तुलनामा बुधबार बढेका हुन् । बुधबार दुई हजार चार सय एक संक्रमित थपिएका छन् । १६ हजार ३५६ जनाको परीक्षणमा ११ हजार छ सय तीन पीसीआरबाट एक हजार आठ सय ५१ तथा चार हजार सात सय ५३ एन्टिजेनबाट पाँच सय ५० संक्रमित थपिएका हुन् । जसमा एसएमएस र इमेल तथ्याङ्कसमेत जोडिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप १४ जनाको मृत्यु भएको छ । तुलनामा मृतक पनि बढेका छन् । अहिलेसम्म कोरोनाबाट ११ हजार आठ सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ । 

बुधबार थप सात हजार सात सय ७७ संक्रमितलाई निको भएको छ । मंगलबार एक हजार नौ सय ५७ संक्रमित थपिँदा ११ जनाको मृत्यु भएको थियो । 

सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा पनि संक्रमित बढेका छन् । एकैदिन बुधबार आठ सय ९० संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा एक सय दुई तथा भक्तपुरमा २५ संक्रमित थपिएका हुन्। बाहिरी जिल्लाहरुमा सबैभन्दा बढी कास्कीमा ७९ जना हुन् । 

त्यस्तै मोरङमा ४५, सुनसरीमा ३६, चितवनमा ३३, नुवाकोटमा ३२ जना हुन् । 



नयाँ