arrow

लागुऔषधसहित कुमाल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
Saroj kumal.jpg

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महागनरपालिका वडा नं.२७ बागदीखोलाका वर्ष २७ का सरोज कुमाल छन् ।

ईलाका प्रहरी कार्यालय शिशुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले गएराति प्रहरीले कुमाललाई पक्राउ गरेको हो ।

उनको साथबाट लागू औषध डाईजापाम ४६ एम्पुल, फेनारगन ४३ एम्पुल र नुर्फिन ४३ एम्पुल गरी कूल १३२ एम्पुल लागूऔषध, मोबाईल र नगद रु.१८ हजार रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

कुमाललाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि  बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ