arrow

उत्तर प्रदेशमा पहिलो चरणको निर्वाचन जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
up-election.PNG

काठमाडौं । भारतको उत्तर प्रदेशको विधानसभाका लागि बिहीबार भइरहेको पहिलो चरणको निर्वाचन जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ६ बजेसम्म जारी रहने छ ।

उत्तर प्रदेशका ११ जिल्लामा ५८ विधानसभा सिटका लागि मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचनको ७३ महिला सहित ६२३ जना उम्मेदवार मैदानमा रहेका छन् । ५८ सिटका लागि करिब २ कारोड २८ लाखले मत खसाल्ने भएका छन् ।

उत्तर प्रदेशको यो लोकसभा चुनावले आगामी केन्द्रीय लोकसभा चुनावमा समेत असर पार्ने भएका कारण यसलाई निकै महत्वपूर्ण तरिकाले हेरिएको छ ।

यसअघि सन् २०१७ मा सत्तारुढ भारतीय जनता पार्टीले ५८ मध्ये ५३ सिटमा जित हात पारेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ