arrow

मार्चको २४ अघि बेलायतमा प्रतिबन्ध हटाइने

logo
सिन्ह्वा,
प्रकाशित २०७८ माघ २७ बिहिबार
England-lockdown-corona.jpg

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगावै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताएका छन् । उनले बुधबार सो कुराको घोषणा गरेका हुन् । बेलायतमा आगामी मार्चको २४ तारिखसम्मका लागि कोरोना भाइरसका विरुद्धका प्रतिबन्धहरु लगाइएको छ । 

तर त्यस अगावै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको र फुकुवा पनि गरिने घोषणा उनले गरेको बताइएको छ । उनले अहिले पनि बेलायत सरकारले कुनै पनि कोभिड पोजेटिभ व्यक्तिले पाँच दिनमात्र आइसोलेसनमा बसे हुने खालको नीति घोषणा गरेको बताए । 

उनले अब बेलायत सरकारले कोभिड लागेका र कोभिडका विरुद्धका प्रतिबन्धहरुमा पनि धेरै परिवर्तन गर्ने तयारी गरेको जानकारी गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ