- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ५ का ६९ वर्षका पुरुष छन् ।
माघ २० गते कोरोना संक्रमित उनको उपचारका क्रममा गएराति ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१ जना पुगेको छ ।
यसैगरी कोरोना संक्रमणबाट बागलुङका एक जनाको पनि पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा काठेखोला गाउँपालिका वडा नं. २ का ७१ वर्षका पुरुष रहेका छन् ।
माघ २२ गते कोरोना संक्रमित उनको उपचारकै क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ५८ जना पुगेको छ ।
यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित थपिएका छन् ।