arrow

तत्काल महाधिवेशन माग्दै सानेपामा नेविसंघको फरक शैलीको आन्दोलन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
nsu-nebisangh-jhanda.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्णप्रसाद सिटौला, प्रदीप पौडेल निकटका विद्यार्थीहरुको समूहले ‘नेविसंघको विघटन होइन महाधिवेशन’ भन्दै नेतृत्वलाई दबाब दिएको हो । 

पूर्व केन्द्रीय सदस्य सुशिल भट्ट, रत्नहरी ढुंगेल, नवराज त्रिपाठी, पूर्व सहमहामन्त्री परमेश्वर साह, तरुण नेता भागबत रेग्मी, विद्यार्थी नेताहरू हरी आचार्य, इ. दिपेन्द्र क्षेत्री, दीपक ओझा, जीवन राना, विनोद बराल, किरण भट्टराई, सन्तोष गुरुङ लगायतका विद्यार्थी नेताहरुको नेतृत्वमा विद्यार्थी पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा बनाएर पार्टी सभापतिदेखि केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेतलाई महामन्त्री विश्वप्रकाश शर्मा र मुख्यसचिव कृष्ण पौडेलमार्फत बुझाएको संघका नेता इ. दिपेन्द्र क्षेत्रीले बताए । उनीहरुले केन्द्रीय कार्यसमितिका सदस्य समेतलाई नेविसंघको झण्डासहितको ‘नेविसंघको महाधिवेशन सुनिश्चित गर’ लेखिएको ड्रइङ बुझाउने छन् ।


 
नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्वलाई दवाव दिन रचनात्मक विधि अपनाइएको बताए । उनले फुलिस्केप कागजमा नेविसंघको झण्डासहितको पेन्टिङ गरेर नेतृत्वलाई दबाबसहित दिइएको जानकारी दिए । 

संघका नेता सुवास घिमिरेले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्वले वातावरण बनाउनु पर्नेमा जोड दिए । पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले यसअघि नै नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ