arrow

उत्तर प्रदेशमा ६० प्रतिशत मत खस्याे, ५० सिट जित्ने बीजेपीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
up-election.jpg

काठमाडौं । भारतको उत्तर प्रदेश (युपी) राज्यको पहिलो चरणको विधानसभा निर्वाचनमा ५९.८७ (करिब ६०)प्रतिशत मत खसेको छ ।

भारतको निर्वाचन आयोगको भोटर टर्नआउट आवेदन अनुसार उत्तर प्रदेश विधानसभा चुनावको पहिलो चरणको सत्रको अन्त्यमा यति मत खसेको हो ।

उत्तर प्रदेशका ११ जिल्लामा ५८ विधानसभा सिटका लागि ७३ महिला सहित ६२३ जना उम्मेदवार मैदानमा रहेका छन् ।

पहिलो चरणको मतदानमा २ कारोड २८ लाख मतदातामध्ये करिब ६० प्रतिशत मत खसेको हो ।

युपीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी)को पक्षमा लहर छ ।

बीजेपी उत्तर प्रदेशका प्रवक्ता हरिशचन्द्र श्रीवास्तभाले बीजेपीले पहिलो चरणमा ५८ मध्ये ५० भन्दा बढी सी सजिलै जित्ने दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ