arrow

सबैलाई बुस्टर डोज दिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
Covid-vaccine-corona.jpg

काठमाडौं । सरकारले १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको छ । 

कोभिड १९ बाट संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको १ महिनापछि कोभिड–१९ विरुद्धको खोप दिने र यो अवधि बुस्टर मात्राको लागि पनि लागू हुने मन्त्रालयले जनाएको छ । खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

बुस्टर खोप प्रदान गर्दा स्वास्थ्यकर्मी लगायत अग्रपङ्तीमा खटिने व्यक्ति, ६० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती महिला र सामाजिक जनसांख्यिक रुपमा पिछडिएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ । 

कोभिड–१९ विरुद्धको खोप लिन आउँदा उमेर खुल्ने परिचय पत्र नहुने व्यक्तिहरूको सन्दर्भमा ती व्यक्ति स्वयं वा निजको अभिभावकले खोप लिने व्यक्तिको परिचय र उमेर स्वःघोषणा गरेकोलाई आधार बनाई खोप प्रदान गरी खोपको सहज पहुँच स्थापित गर्ने मन्त्रालयले जनाएको छ । 

१२ देखि १८ वर्ष उमेर समूहकाले पनि धमाधम पहिलो र दोस्रो डोज खोप लगाउँदै छन् । सरकारले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि खोप लगाउने तयारी भइरहेको जनाएको छ । यो उमेर समूहलाई अबको दुई महिनाभित्र खोप लगाउन शुरु गर्ने पनि जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ