arrow

बारपाकका दुई किशोर ९ दिनदेखि सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
Karan & saila gurkha.jpg

गोरखा । हिउँ खेल्न भनेर हिँडेका गोरखाका दुई किशोर नौ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालका अनुसार ती किशोरहरूको खोजी भइरहेको छ । आफन्त र चिने जानेका व्यक्तिकोमा पुगे कि भनेर पनि खोजी भइरहेको डिएसपी दाहालले जानकारी दिए ।

यो घटनाका बारेमा प्रहरीलाई २३ गते सूचना प्राप्त भएको थियो । हिउँ खेल्न लाप्राक गएको आधारमा सो क्षेत्रमा स्थानीय र प्रहरीले संयुक्त रूपमा खोजी कार्य भइरहेको उनले बताए । 

परिवारजनका अनुसार दुई किशोर माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न हिँडेका थिए । सोही दिन स्थानीय युवाहरूले दुवैलाई लाप्राक नजिकैको माम्चे डाँडामा देखेका थिए भन्ने खबर आयो । तर त्यसपश्चात् कहाँ गए कसैलाई पनि जानकारी नभएको आफन्त बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ