arrow

समग्र संक्रमण दर ५ प्रतिशत, पीसीआर मात्रैको १३ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेनबाट परीक्षण गरिएको आधारमा कोरोना भाइरसको संक्रमण दर ५ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट नमुना परीक्षण गरिएको तथ्याङ्क मात्रै हेर्ने हो भने, संक्रमण दर १३ प्रतिशत देखिएको छ भने, एन्टीजेन विधिबाट गरिएको परीक्षणका आधारमा संक्रमण दर ३.८ प्रतिशत देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । यस अवधिमा थप १ हजार १ सय २८ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै २ सय ६५ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ सय ३, भक्तपुरका १७ र ललितपुरका ४५ जना संक्रमित रहेका छन् ।

२ हजार २ सय १५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार २ सय ६५ डोज खोप लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ