arrow

एमसीसी नेपालको कानून भन्दा माथि हुन्छ : सीपी मैनाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
cp-mainali-1.jpg.jpeg

काठमाडौं। नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट पारित गर्नु नपर्ने भन्दै गरेमा देशको कानुनभन्दा माथि हुन जाने तर्क गरे । 

यस्तो खालका अनुदानलाई सदनबाट पारित गर्न नै नपर्ने उनको भनाई थियो । सदनबाट पारित गरेपछि कानुनको मान्यता दिनपर्ने उनले बताए । नेपालको संविधान, मूल कानुनहरू सांसदका प्रस्तावहरू भन्दा पनि यो सम्झौतामाथि हुने तर्क गर्दै मैनालीले भने,‘नेपालको कानुन भन्दा माथि एमसीसी हुन्छ ।’ 

एमसीसी सम्झौतालाई नेपालमा धेरैले विरोध गरेको र थोरैले समर्थन गरिरहेको बताए । अमेरिकामा एउटा हेडक्वाटरमा तत्कालीन मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता गर्दा सांसदबाट अनुमोदन गर्ने कुरा नै नलेखिएको जिकिर गरे । पछि अमेरिकाले सांसदबाट पारित गर्न चिठ्ठी पठाएपछि नेपालका नेताहरू त्यसको दुष्परिणामको हेक्का नराखी सांसदबाट पारित गर्न तयार भएको बताए । 

‘पुरानो नजिर नहेरी यसलाई सदनबाट पारित गरेमा के हुन्छ ?’ उनले प्रश्न गरे । एमसीए एकाउण्टमा कार्यरत कर्मचारीले नेपालको नभई एमसीसी हेडक्वाटरको निर्णय मान्ने पनि उनले जिकिर गरे । ‘कुनै पनि काम गर्न परेमा नेपाललाई नसोधी एमसीएले सिधै हेडक्वाटरसँग सल्लाह गर्छ ।’ उनले भने,‘अमेरिकाको यो परियोजनाका ठेकेदारहरू डोनरले भने अनुसार हिँड्छन् । परियोजना निर्माण गर्दा ल्याउने ठुला-ठुला ट्याङ्करहरूलाई नेपालले जाँच्न नपाउने हुँदा कन्टेनरमा के हुन्छ त्यसमा शङ्का छ । अमेरिकाले हाम्रो कामदार हो भनेपछि नेपालले कामदारलाई आवासीय भिसा दिन पर्ने र उनीहरूलाई १४ वटा कर पनि छुट दिनुपर्छ ।’ त्यसरी कन्टेनर हुँदै अमेरिकाबाट हतियार, कमान्डरहरू नेपालमा भित्रने सम्भावना रहेको उनले बताए । 

अनुदान पाउने कुरा राम्रो भए पनि अमेरिकाको ठुलो स्वार्थ रहेको उनको भनाई थियो । सडक तथा बिद्युत्को आयोजना सकिएपछि संरचना कसलाई जिम्मा दिने कुरा सम्झौतामा उल्लेख नगरिएको उनले बताए । अमेरिकाले बनाएका संरचनाहरू अमेरिकाको हित बाहिर प्रयोग गर्न नपाइने पनि उल्लेख भएको उनले बताए । 

‘एमसीसीले कुनै पनि योजना र कसैसँग अर्को सम्झौता गरेमा नेपालले पनि त्यसलाई मान्न पर्छ । हात्तीका देखाउने दाँत जस्तै अमेरिकाले नाटक गरिरहेको छ ।’ अमेरिकाले शत्रु देश चीनलाई अप्ठ्यारो पार्न खोजेको उनले आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ